Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमसीसी राष्ट्रघाती भए मेरो नागरिकता र सम्पत्ति खोसेर चार पाटा मोडेर थानकोट कटाए हुन्छ : गगन थापा

    एमसीसी राष्ट्रघाती भए मेरो नागरिकता र सम्पत्ति खोसेर चार पाटा मोडेर थानकोट कटाए हुन्छ : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको भन्दै एमसीसी राष्ट्रघाती भए आफ्नो नागरिकता र सम्पत्ति खोसेर चार पाटा मोडेर थानकोट कटाउन चुनौती दिएका छन् ।

    उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् ।



    प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले भने–‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु ।’



    उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफ्नो नागरिकता र सम्पत्ति खोसेर आफूलाई चारपाटे मोडेर थानकोट कटाउन चुनौति दिएका छन् । उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

    थापाले भने–‘यसलाई राष्ट्रघाती भनिएको छ । सम्झौताका कारणले स्वाधिनता कहिं कतै तलमाथि भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस् । नागरिकता खोसियोस् । चारपाटे मुडियोस् । सम्पत्ति विवरण बुझाएकै छु । सम्पत्ति खोसियोस् । माननियज्यूहरु तयार हो ? यही ५ वर्ष भित्रमा जनतालाई भनिएको कुरा सेना आउँछ, स्वाधिनता लुटिन्छ । सम्पत्ति अरुले लिएर जान्छ । अमेरिकी कानून लागू हुन्छ । यदि त्यस्तो भएन भने मैले भनेको जस्तो गर्न तयार हो ? तयार हो भने यो पनि मेरो चुनौती हो । राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्छ, मार्न तयार हुन्छ । म देशभक्त हो , मर्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तिको फरक नेपाली जनताले थाहा पाउँछन् । थाहा पाउनुपर्छ । संसदमा पनि थाहा पाउनु पर्छ । सडकमा पनि थाहा पाउनु पर्छ ।’

    एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए । एमसीसीलाई राष्ट्रघाति सम्झौता भनेर विरोध गरिरहेका एमाले नेता भीम रावललाई चुनौती दिंदै उनदे संसद र रावलको जिल्ला आछाम जाहाँ पनि आफू एमसीसीको बारेमा बहस गर्न तयार रहेको बताए ।

    उनले भने–‘एक जना माननियज्यूले यहाँ उभिएर के भन्नु भयो ? एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सबै गद्दार । २०७३ साल ३ महिना ३१ गते माननिय भीम रावल उपप्रधानमन्त्री हुनुभएको क्याविनेटले प्रस्ताव पारित गर्छ–एमसीसीबाट प्रस्तावित कम्प्याक्ट कार्यक्रम तयार गर्नका लागि १ अर्ब १३ करोड लिने । त्यो दिन माननियजीको पनि पेट दुखेको थियो । २०७४ साल जेठ १९ गते प्रचण्डको क्याविनेटमो मन्त्री थिएँ म । त्यसैले म यसलाई स्वीकार गर्छु । … दुई वर्षदेखि यसैको अध्ययनमा छु र आज व्याख्यात्मक घोषणा आउँदा खुसी छु ।’

    ‘माननिय ज्यूले चुनौती दिनुभएको छ । तपाईंको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा, अछाममा बहस गर्ने कि काठमाडौंमा ? स्वीकार्य छ ।’ थापाले थप भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार