Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एनआईसी एशियाको ‘सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता’ मा फाइदै फाइदा

    एनआईसी एशियाको ‘सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता’ मा फाइदै फाइदा

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले वैदेशिक कमाईंको बचतमा उत्कृष्ट प्रतिफल सुनिश्चित गर्ने ‘सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

    बैंकले अब एउटै खातामा सर्वाधिक उच्च व्याजदर, ३ बीमा सम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय फाइदाहरू गरि ५ वर्षसम्म कुल २४ निःशुल्क सर्वश्रेष्ठ फाइदाहरु ल्याएको छ ।



    त्यसैगरी ८४ लाखसम्मको ३ प्रकारका बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा ४० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि ४० लाखसम्मको बीमा सुविधा र ४ लाखसम्मको औषधी उपचार बीमा सुविधा ५ वर्षसम्मको लागि निःशुल्क हुनेछ ।



    उक्त खातामा ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पूर्व स्वीकृत कर्जा सुविधा रहेको पनि बैंकले जनाएको छ ।

    त्यस्तै बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथै १८ अन्य सर्वाधिक फाइदाहरू अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा, रू ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, स्वीप इन स्वीप आउट सुविधा लगायतका अन्य सर्वश्रेष्ठ फाइदाहरू रहेको पनि बैंकले जनाएको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार