Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, एक जना गम्भीर घाइते

    ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, एक जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुरस्थित कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुमध्ये चार जनाको घरभित्रै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।



    मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्मा र अर्का नाम नखुलेको एक नाबालक रहेका छ्न्। उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेका थिए ।



    घटनामा गम्भीर घाइते २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार