Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लेलेमा रोकिराखेको ट्याक्सीभित्र पुरुषको शव भेटियो

    लेलेमा रोकिराखेको ट्याक्सीभित्र पुरुषको शव भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुरको लेलेस्थित सडक छेउमा रोकिराखेको ट्याक्सीभित्र एक पुरुषको शव फेला परेको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार मृत भेटिनेमा ट्याक्सी धनीसमेत रहेका चालक वीरबहादुर तामाङ रहेका छन्।



    ट्याक्सीको ढोका लक लगेर सुतेका उनी बिहान मृत भेटिएका हुन् । उनको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।



    शव पोष्टमार्टमा लागि पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार