Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लाखौंको बैंकिङ कसूर मुद्दामा फरार बन्जाडे थापाथलीबाट पक्राउ

    लाखौंको बैंकिङ कसूर मुद्दामा फरार बन्जाडे थापाथलीबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ घर भइ काठमाडौं नयाँबानेश्वर बस्ने ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् ।



    महाशाखाका अनुसार बन्जाडेलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते  चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।



    त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीलेले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार