Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकाद्वारा तीन रुसी कम्पनी र थप व्यक्तिमाथि प्रतिबन्ध

    अमेरिकाद्वारा तीन रुसी कम्पनी र थप व्यक्तिमाथि प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अमेरिकाले उत्तर कोरियालाई अवैध हतियार विकास गर्न सहयोग गरेको आरोप लगाउँदै  तीन रुसी कम्पनी र तीन व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

    अमेरिकी ट्रेजरी डिपार्टमेन्टले रुसको सुदूर पूर्वी सहर भ्लादिभोस्तोकमा कम्पनी र केही व्यक्तिले उत्तर कोरियालाई सहयोग गरिरहेको दाबी गरेको छ ।उत्तर कोरियाले यी परीक्षणहरू आफ्नो नयाँ जासूस उपग्रहको विकासको एक हिस्सा भएको बताएको छ।



    युक्रेनमा रुसको आक्रमणपछि अमेरिकाले रुसमाथि लगातार आर्थिक प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी बैंकिङ क्षेत्रका वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएर रुसको बैंकिङ क्षेत्रलाई निशाना बनाएको छ ।



    अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले नयाँ प्रतिबन्धहरूमा नोभिकम बैंक र एबीआर व्यवस्थापनका धेरै बोर्ड सदस्यहरूलाई नाम दिए। यसमा सेन्ट पिटर्सबर्गका उप गभर्नर पनि सामेल छन्।

    यसअघि युरोपियन युनियनले पनि रुससँगको व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार