Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुसी विमान अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनको तयारी

    रुसी विमान अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 957
    SHARES

    एजेन्सी । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनले संसदलाई गर्ने सम्बोधनको क्रममा प्रतिबन्धको घोषणा गर्ने बताइएको छ ।

    गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । त्यसयता युरोपका धेरै राष्ट्रले आफ्नो हवाई क्षेत्रमा रुसी जहाजमाथि प्रतिबन्ध लगाएका छन् ।



    अब अमेरिका पनि प्रतिबन्ध लगाउने देशको सूचिमा सामेल हुने भएको हो । क्यानडाले पनि आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाइसकेको छ ।



    अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार