Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संसद बैठक चैत २ गतेसम्मलाई स्थगित

    संसद बैठक चैत २ गतेसम्मलाई स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रतिनिधिससभाको बैठक आगामी चैत २ गतेसम्मलाई स्थगित भएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक चैत २ गते दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।



    आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।



    बैठकमा एमाले सांसद भीम रावलले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेकोमा आपत्ति जनाउँदै एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन माग गरे ।

    सभामुख सापकाेटाले संसदमा कायम अवराेध हटाउन आजकाे बैठकमा रुलिङ समेत गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरुले नारावाजी थालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार