Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देउवाको प्रश्न- मैले एमसीसी पास गर्दा भीम रावललाई किन टाउको दुख्ने ?

    देउवाको प्रश्न- मैले एमसीसी पास गर्दा भीम रावललाई किन टाउको दुख्ने ?

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बिषयलाई लिएर नेकपा एमालेका नेता डा भीम रावलप्रति आक्रोश पोखेका छन् ।

    सोमबार नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले रावलले एमसीसीमा विरोध गरेको भन्दै आक्रोश पोखेका हुन् । रावलले आफ्नै पार्टीको सरकार हुँदा मन्त्रिपरिषदबाट पास गरेर संसदमा पेस गर्दा चुप लागेको तर, अहिले विरोध गरेको देउवाको भनाइ थियो।



    ‘आफ्नै पार्टीले मन्त्रिपरिषदबाट संसदमा पेस गर्दा किन आलोचना गर्नुभएन । भीम रावलले के हेरेर बसे त्यसबेला ?’ आक्रोशित हुँदै देउवाले भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’



    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको दावी गर्दै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’

    देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत रहेका छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो  ३ बजेपछि काठमाडौं फर्कने कार्यक्रम रहेको नेता केसीको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार