Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

    आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आज मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द भएको छ ।

    यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको हो ।



    लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।



    अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ।

    कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार