Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत सरकारको सहयोगमा निर्मित सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन

    भारत सरकारको सहयोगमा निर्मित सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।

    प्रतिनिधि सभाका सांसद योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक÷शिक्षिका, अभिभावकलगायतको उपस्थिति थियो ।



    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ““India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक भएको भारतीय दूताबासले जनाएको छ ।



    ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड १० नेपाली रुपैयाँको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने पनि दूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार