Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चिलीमाथि विश्वकप छनोटमा ब्राजिलको शानदार जित

    चिलीमाथि विश्वकप छनोटमा ब्राजिलको शानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा घरेलु टोली ब्राजिलले जित हात पारेको छ ।

    ब्राजिलले आज बिहान सम्पन्न खेलमा चिलीमाथि ४–० को शानदार जित हात पारेको हो ।



    माराकान स्टेडियममा खेलको ४४ औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो ।



    पहिलो हाफको थप गरिएको समयमा भिनिसियस जुनियरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

    ७२ औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

    ९० औं मिनेटमा रिचार्लीसनले गोल गर्दै घरेलु टोलीलाई ४–० को शानदार जित दिलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार