Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ४१ अंकले ओरालो लाग्यो नेप्से, अपि पावरको सर्वाधिक कारोबार

    ४१ अंकले ओरालो लाग्यो नेप्से, अपि पावरको सर्वाधिक कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । आइतबार पनि शेयर बजारको ओरालो यात्रामा नै देखिएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ । नेप्से १.५९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ विन्दुमा झरेको छ ।



    अन्तिम समयसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएको छ ।



    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको शेयर घटेको छ । नन लाइफ इन्स्योरेन्स उपसमूहको शेयर मात्र बढेको हो ।

    अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार