Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाली सेनाद्वारा एकैपटक ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान (सूचना सहित)

    नेपाली सेनाद्वारा एकैपटक ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान (सूचना सहित)

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले ४ हजारको संख्यामा सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

    खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सैन्य पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।



    सेनाले खुल्लातर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्ततितर्फ ११० र समावेशीतर्फ १ हजार ७९२ गरी कुल ४ हजारको संख्यामा दरखास्त आह्वान गरेको हो ।



    सैन्य पदको समावेशीतर्फ महिलाका लागि ३५८, आदिवासी÷जनजाति ५७२, मधेशी ५०५, दलित २७१ र पि।क्षे।बाट ८५ गरी कुल १ हजार ७९२ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

    अन्तिम दरखास्त दिने मिति आगामी २०७९ वैशाख १६ गते र दोब्बर दस्तुर बुझाई २०७९ वैशाख १७ गतेका लागि तोकिएको छ ।

    दरखास्त आह्वानमा न्यूनतम शैक्षिक र शारीरिक योग्यता र मापदण्ड तोकिएको छ । योग्यता पुगेका इच्छुक नागरिकले दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालयले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार