Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान, कुन पदमा कति ?

    नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान, कुन पदमा कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 615
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ ।

    शुक्रबार एक सूचना प्रकाशित गर्दै जङ्गी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो ।



    बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ ।



    नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ । अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ । दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ ।

    फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ । यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन् । १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार