Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा

    राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएपछि राष्ट्रपति गोटाबाया राजपक्षेले आपतकाल घोषणा गरेका हुन् ।

    आर्थिक संकटको सामना गर्न नसकेको भन्दै यतिबेला राजपक्षे सरकारविरुद्ध देशभर प्रदर्शन भइरहेको छ । प्रदर्शन बढ्दै गएपछि आपतकालको सहारा लिन खोजिएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।



    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीको उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।



    प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारणबीच झडप हुँदा हिंसात्मक अवस्था समेत उत्पन्न हुन लागेको जनाइएको छ । एकातिर आर्थिक संकट भोगिरहेको श्रीलंकमा अर्कोतिर हिंसात्मक प्रदर्शनले थप समस्या निम्त्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार