Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • जनकपुर–जयनगर रेल सेवा, सोलु करिडोरको प्रसारण लाइन र ‘रुपे’ डिजिटल कार्ड सेवाको सुभारम्भ

    जनकपुर–जयनगर रेल सेवा, सोलु करिडोरको प्रसारण लाइन र ‘रुपे’ डिजिटल कार्ड सेवाको सुभारम्भ

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवा, सोलु करिडोरको प्रसारण लाइन र ‘रुपे’ डिजिटल कार्ड सेवाको सुभारम्भ गरेका छन् ।

    तीन दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले आज नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका हुन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।



    भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।



    त्यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका छन् । सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

    सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

    त्यस्तै भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ भएको छ । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो ।

    ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  । ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार