Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अहिलेको पाँंच दलीय गठबन्धन कुहिएको छ : केपी ओली

    अहिलेको पाँंच दलीय गठबन्धन कुहिएको छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पाँंच दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने दाबी गरेका हुन् ।



    ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’



    ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे ।

    चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार