Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भारतमा पहिलो पटक कोरोनाको ‘एक्स ई’ भेरियन्ट पुष्टि

    भारतमा पहिलो पटक कोरोनाको ‘एक्स ई’ भेरियन्ट पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसको ‘एक्स ई’ भेरियन्टको एक संक्रमित फेला परेको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमित मुम्बईका हुन्। ‘एक्स ई’ ओमिक्रोन भेरियन्टको बिए १ र बिए २ को मिश्रण भएको बताइन्छ।



    मंगलबार मुम्बईमा २३० नमूना परीक्षण गरिएको थियो। जसमध्ये २२८ ओमिक्रोनबाट संक्रमित थिए। यस्तै, एकमा ‘एक्स ई’ र अर्कोमा काप्पा भेरियन्ट फेला परेको हो।



    ‘एक्स ई’ भेरियन्टबाट संक्रमित व्यक्तिमा कुनै गम्भीर लक्षण देखिएको छैन। भारतमा ओमिक्रोन भेरियन्टको प्रभाव डेल्टाको जस्तो देखिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार