Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वैशाख महिनाभर विद्यालय भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

    वैशाख महिनाभर विद्यालय भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ ।



    केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई समेत विद्यालय ल्याउने व्यवस्था गर्न वैशाख महिनाभरि भर्ना अभियान शुरू गर्न लागिएको छ । कोभिड–१९ का कारण लगातार दुई वर्षसम्म शैक्षिकसत्र धकेलिएको थियो ।



    सरकारले विसं २०७९ को वैशाख २ गतेबाट भर्ना शुरू गरी वैशाखभर भर्ना गर्ने र जेठमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो । सरकारले हरेक वर्ष वैशाख १ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार