Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एक क्विन्टलको धाक लगाउने एमालेलाई चुनावमा एक ग्राममा झार्छौ : पर्यटनमन्त्री आले

    एक क्विन्टलको धाक लगाउने एमालेलाई चुनावमा एक ग्राममा झार्छौ : पर्यटनमन्त्री आले

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.2K
    SHARES

    कैलाली । नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पत्तासाप गर्ने दावी गरेका छन् ।

    आज देखि धनगढीमा सुरु भएको सुदूरपश्चिम ट्राभल मार्ट २०२२ को उद्घाटन गर्दै मन्त्री आलेले गठबन्धन दल एक जुट भएर आगामी वैशाख ३० गते हुने निर्वाचनमा एमालेको पत्तासाप गरेरै छोड्ने दावी गरेका हुन् ।



    ‘अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत जित्ने दावी गरिरहनुभएको छ । उहाँले पाँच दलका नेताहरूलाई अहिले एक किलोको ढक भन्दै हिड्नु भाको छ । आफूलाई क्विन्टलको संङ्घा दिनुभएको छ ।



    तर म भन्न चाहन्छु ।आगामी वैशाख ३० गतेको निर्वाचनमा केपी ओलीको पार्टीले जुन अहिले एक क्विन्टलको धाक लगाइरहेको छ । एक क्विन्टललाई एक ग्राममा झार्नको लागि गठबन्धन दल एक जुट भएर नेकपा एमालेको पत्तासाप गर्नेछ ,’उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार