Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ‘आफ्नो नालायकी र कर्तुत लुकाउन गभर्नर अधिकारीमाथि सिस्नु पानी ?’

    ‘आफ्नो नालायकी र कर्तुत लुकाउन गभर्नर अधिकारीमाथि सिस्नु पानी ?’

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोप्रति आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आक्रोश पोखेका हुन् ।

    पूर्व मन्त्री समेत रहेका भट्टराईले सरकारले आफ्नो नालायकी र करतुतको सजाय गभर्नरमाथि खन्याएको समेत आरोप लगाएका छन् । सरकारमागि नै प्रश्न उठाउँदै उनले ट्वीटरमा लेखेका छन्–‘आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तिय सिद्धान्त हो, सरकार ?’



    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको थियो । त्यस लगत्तै सरकारले निलम्बन गर्ने निर्णय गरेको हो । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।



    पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो । गभर्नर अधिकारी अर्थमन्त्रीका कारण अर्थतन्त्रमा संकट पैदा भएको भन्ने प्रकृतिका अभिव्यक्ति दिने गरेका थिए ।

    अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार