Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युक्रेनलाई १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली दिने बेलायतको घोषणा

    युक्रेनलाई १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली दिने बेलायतको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कीभ भ्रमणको क्रममा १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली प्रदान गर्ने वाचा गरेका छन्।

    बेलायती प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) बाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पुटिनको खतरनाक योजना जेलेन्स्कीको अटल नेतृत्व र युक्रेनी जनताको साहसका कारण असफल भएको हुनाले यो सहायता दिइएको हो।’



    यस भ्रमणका क्रममा बोरिस जोनसनले युक्रेनलाई विश्व बैंकबाट ५० करोड डलर दिने ग्यारेन्टी बेलायतले दिने वाचा गरेका छन् । तर, यसका लागि बेलायतको संसद्को अनुमोदन चाहिन्छ।



    हालसम्म बेलायतले युक्रेनलाई १ अर्ब डलर ऋण ग्यारेन्टी दिएको छ । यसबाहेक, युकेले व्यापार बढाउन युक्रेनबाट आयात हुने अधिकांश उत्पादनहरूमा कर छुट दिनेछ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘युक्रेनले कठिनाइहरूलाई पराजित गरेको छ र रुसी सेनालाई किभको ढोकाबाट पछाडि धकेलिएको छ। म आज यो प्रष्ट पार्न चाहन्छु कि बेलायत यो लडाईमा युक्रेनको साथमा छ र सहयोग जारी राख्नेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार