Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोलीसहित जापान उड्न लागेकी नेपाली महिला विमानस्थलबाट पक्राउ

    गोलीसहित जापान उड्न लागेकी नेपाली महिला विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल एयरलान्सको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।



    विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार