Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महोत्तरीबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ

    महोत्तरीबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 924
    SHARES

    महोत्तरी। महोत्तरीबाट प्रहरीले अटोमेटिक चाइनिज पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नम्वर १३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।



    उनलाई बधुवार साँझ डाँडाटोल स्थित विवाहको गाडीमा तोडफोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी औरही तथा हातिलेटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।



    पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोमा प्रयोग हुने म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको छ ।

    पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार