Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भए आईजीपी खनाल, एआईजी केसीलाई जिम्मेवारी

    आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भए आईजीपी खनाल, एआईजी केसीलाई जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सोमबारबाट सेवानिबृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ । उनी आफ्नो चार वर्षे कार्यकाल सकेर सोमबारदेखि बिदा भएका हुन् ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् ।



    यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाललाई संघकी उपाध्यक्ष ज्योती केसीले फूलमालासहित बिदाई गरिन्।



    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन्।

    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसै अवसरमा सांगठनिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे।

    महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार