Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गिरीबन्धुको हदबन्दी फुकुवा गराउन पूर्वआइजीपी शैलेन्द्र खनालको इन्ट्री

    गिरीबन्धुको हदबन्दी फुकुवा गराउन पूर्वआइजीपी शैलेन्द्र खनालको इन्ट्री

    अवकाशको एव वर्ष नवित्दै आइएमएस ग्रुपमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 867
    SHARES

    काठमाडौं । पूर्वप्रशासक र सुरक्षा निकायका प्रमुखहरु सेनानिवृत्तपछि ब्यापारीक कम्पनीमा जागिर खाने प्रवृत्ति नेपालमा धेरै देखिन्छ । पूर्वप्रशासकहरुले सेवानिवृत्तिपछि स्वार्थ बाझिने संस्थामा जागिर खाने गरेको बिषय उठे पनि त्यो प्रवृत्तिमा कमी आएको छैन । यस्तो प्रबृत्तिले पूर्व सचिव र पूर्वसुरक्षा निकायका प्रमुखहरुको निष्ठा र नैतिकतामा प्रश्न उठाउने गरेको छ ।

    सुरक्षा निकायका राजपत्रांकित द्वितीय श्रेणीसम्मका कर्मचारीले अवकाशपछि ब्यापारीकोमा जागिर खानुलाई सामान्य मान्न सकिए पनि महानिरीक्षक नै भइसकेका ब्यक्तिले ब्यापारीको कम्पनीको कर्मचारी हुनुले नैतिकतामा प्रश्न उठाएको छ । सशस्त्र प्रहरी बलको महानिरीक्षक(आइजीपी)बाट १० महिनाअघि २०७८ चैत २८ गते अवकाश भएका शैलेन्द्र खनाल एक ब्यापारीको कम्पनीमा जागिर खान थालेका छन् । ४ बर्ष सशस्त्र प्रहरी बलको महानिरीक्षक हुँदा खरिददेखि सरुवा बढुवामा अकूत सम्पत्ति कमाएका खनाल दीपक मल्होत्राको आइएमएस कम्पनीको कर्मचारीका रुपमा जागिर खान थालेका हुन् ।



    आइएमएस ग्रुपले सशस्त्र प्रहरी बललेखि नेपाल प्रहरीका बिभिन्न बन्दोबस्तीका सामानदेखि उपकरण खरिदमा बोलपत्र पेश गरी काम गर्दैआइरहेको छ । नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालले पनि अवकाशलगत्तै मल्होत्राको आइएमएसमा सीइओको रुपमा जागिर खाएका थिए । ढकाल बिदेशिएसँगै सशस्त्र प्रहरी बलको टेण्डरमा चलखेल गर्नका लागि शैलेन्द्र खनाल पनि आइएमएसको जागिरमा प्रवेश गरेको स्रोत बताउँछ । उनलाई पनि आइएमएसको सीइओको जागिर दिइएको छ ।



    आइएमएसले लिड गरेको झापाको गिरीबन्धु टी स्टेटको ३४३ बिघा जग्गाको हदबन्दी फुकुवा पनि विवादमा परेको छ । उक्त जग्गा फुकुवाका लागि खुुंखार दलाल तारा सापकोटा लगायतका बिचौलियाहरुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलाएर २०७७ बैशाखमै हदबन्दी फुकुवा गर्न खोजेका थिए । तर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त जग्गा फुकुवा गर्ने पक्षमा छैनन् ।

    माओवादीकै प्रदेश १ का नेता इन्द्र आङ्बोले गिरीबन्धु टी स्टेटको जग्गाको हदबन्दी फुकुवा गर्ने कार्यको चर्को विरोध गरेपछि तत्कालीन भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठले रोकेकी थिइन् । तर, तारा सापकोटा जस्ता भूमाफियाले यस अघिका अर्थमन्त्री जनार्दन शर्मा र आरजु राणामार्फत सेटिङ गरी वजेट वक्तब्यमा गिरीबन्धु टी स्टेटसहितका हदबन्दीका जग्गा फुकुवा गर्ने बुँदा राखेको थियो ।

    प्रचण्डसँग सशस्त्रको आइजीपी हुँदा खनालको सुुमधुर सम्बन्ध रहेकाले फुकुवा गर्न सक्ने आश्वासन दिएर मासिक लाख भन्दा बढी तलव खानेगरी उनी आइएमस प्रवेश गरेकाे स्राेत बताउँछ । उनले प्रचण्डकी छोरी गंगा र ज्वाई जीवन आचार्यसँग सेटिङ मिलाउँछु भनी आइएमएसका संचालक मल्होत्रालाई विश्वासमा लिएकाे बताइएकाे छ ।

    केपी ओली प्रधानमन्त्री हुँदा जीवन आचार्यले मल्होत्राका बिरुद्ध फेसबुकमा नकारात्मक स्टाटस लेखेका थिए । आइएमएस ग्रुप अन्तर्गत झण्डै एक दर्जन कम्पनी रहेका छन् । सामसुङ मोवाइलदेखि सेलपे र प्रहरीका ठेक्कापट्टादेखि पछिल्लो समयमाम विद्युत प्राधिकरणको स्मार्ट मिटरको ठेक्का र परामर्शको काममा समेत आइएमएसले हात हालेको छ ।

    आइएमएसको कर्मचारीमा भर्ति भएपछि खनाल प्रायः दरबारमार्गदेखि लाजिम्पाटसम्मका कफीसपमा देखिने गरेका छन् । उनी  काभ्रेली समूहका गुण्डाहरु र सशस्त्रका लेखाका इन्स्पेक्टर गणेशबहादुर मल्ल, महेन्द्र हमाल, एसएसपी दीपेन्द्र शाह र दीपेन्द्र कुँवरसँग भेटघाटमा ब्यस्त देखिने गरेका छन् । सशस्त्रमा हुँदा उनलाई खरिददेखि सरुवा बढुवामा सेटिङमा सहयोग गरी घुस असुली गर्ने टीमका मुख्य पात्रका रुपमा मल्ल, हमाल, शाह र कुँवर हुन् ।

    शसस्त्रमा चार वर्ष आईजीपी हुँदा भाई भुवन खनालदेखि विभिन्न आफन्तका नाममा अकुत सम्पत्ति कमाएर लुकाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैलेन्द्र खनालविरुद्ध परेकाे उजुरीमाथि अझै छानविन सकिएकाे छैन ।

    उक्त छानविन रोक्नका लागि खनाल अख्तियारको आयुक्त हुने दौडमा समेत लागे । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको मुद्दामा संवैधानिक अयोगका पदाधिकारीहरुको पद खारेज नहुने सम्भावना बढेपछि उनी आइएमएसमा जागिर खान थालेका हुन् । यसबारे खनालसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार