Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ५ जना डीआईजी र एक जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरीका ५ जना डीआईजी र एक जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा उल्लेखित पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    गृहमन्त्रीस्तरको चैत्र ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर सन्दीप थापा प्राविधिक समूह तथा इन्जिनियरिङ तर्फ तथा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रुपक महर्जन प्राविधिक समूह स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू विदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समूह साधारण उपसमूह तर्फको सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।



    यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पदमा अवकाश पूर्व विशेष बढुवा भएका एक जना अधिकृतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्कर नाथ शुक्ल अवकास पूर्व सो पदमा विशेष बढुवा भएका हुन् ।



    कार्यक्रममा महानिरीक्षक खनालले पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै उनीहरुले संगठनमा रहेर प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार तथा संगठनले पदोन्नति गरेको बताए ।

    उनले पदोन्नतिसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्ण व्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढंगले मातहतका कर्मचारीहरुलाई उत्प्रेरित गर्दै सामुहिक भावनाका साथ कार्यसम्पादनमा जुट्न त्यसै अवसरमा निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार