Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय छन् : प्रचण्ड

    परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय छन् : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 882
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले पनि संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेहरू सक्रिय रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सलबलाउन थालेको बताए ।



    उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू अहिले पनि रहेको बताए।



    त्यस्तै विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार