Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ वर्षको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    नयाँ वर्षको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घोइचो लागेको छ ।

    दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।



    आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।



    पश्चिम मूलढोकामा विशेष सजावट पनि गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको छ ।

    नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ। विगतका वर्षमा पनि नयाँ वर्षको पहिलो दिन वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार