Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुम्बईकाे कोठीमा लगी दुई युवती बिक्री गर्ने थापा पक्राउ

    मुम्बईकाे कोठीमा लगी दुई युवती बिक्री गर्ने थापा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।

    दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।



    पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो ।



    उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार