Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्थानीय तहको निर्णय अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको कांग्रेस नेता केसीले आरोप

    स्थानीय तहको निर्णय अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको कांग्रेस नेता केसीले आरोप

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 954
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उम्मेदवार चयन गर्ने प्रक्रियाबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फरक मत राखेका छन् ।

    आइतबारको कार्य सम्पादन समितिको बैठकमा फरक मत राख्दै नेता केसीले स्थानीय इकाइको निर्णय विरुद्ध केन्द्रीय समितिले हस्तक्षेप गरेको बताएका छन् ।



    उनले स्थानीय चुनावमा तालमेल गर्दा केन्द्रबाट हस्तक्षेप गरेकोमा विरोध गरेका हुन् । महानगर र उपमहानगरको तालमेल निर्णय गर्दा मापदण्डबारे पार्टीमा छलफल नभएको उनको आरोप छ ।



    महानगरपालिका र उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कार्यसम्पादन समितिमा प्रस्तुत नभएकामा पनि नेता केसीले फरक मत राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार