Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बालकृष्ण ढुंगेलले उठाएका सबै उम्मेदवारबिरुद्ध उजुरी नै उजुरीः लिखु र चम्पादेवीका अध्यक्षको उम्मेदवारी रद्द हुने

    बालकृष्ण ढुंगेलले उठाएका सबै उम्मेदवारबिरुद्ध उजुरी नै उजुरीः लिखु र चम्पादेवीका अध्यक्षको उम्मेदवारी रद्द हुने

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 2.8K
    SHARES

    ओखलढुंगा । माओवादीका नेता भएर त्यही पार्टीलाई धोका दिंदै केपी शर्मा ओलीको नेकपा (एमाले)को शरणमा पुगेका बालकृष्ण ढुंगेलको सिफारिसमा उम्मेदवार भएका प्रायः सबै विवादित अनुहारहरुबिरुद्ध उजुरी परेको छ ।

    पार्टीमा बीसौं बर्षदेखि दुःख गरेका कार्यकर्तालाई उपेक्षा गर्दै नवप्रवेशी र विवादित ब्यक्ति बालकृष्ण ढुंगेललाई पार्टीको पोलिटब्यूरो सदस्य बनाएर मात्र नपुगी उनको सिफारिसमा उम्मेदवार बनाइएका लिखु गाउँपालिकाका अध्यक्ष मिलन बिष्टका बिरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ ।



    खड्ग ओलीले ढुंगेलको सिफारिसमा एमालेमा लामो समय दुःख गरेका शान्ता ढुंगेल, खेम मिश्र, गोविन्द पौडेल, विशाल पौडेलहरुलाई टिकट नदिई खड्ग कार्की, सुरेश थापाहरुलाई पालिका अध्यक्ष र वडाध्यक्षको टिकट दिएपछि समग्र लिखु क्षेत्रकै एमालेका उम्मेदवार विवादित भएका छन् ।



    ढु्ंगेलले लिखु गाउँपालिकाको अध्यक्षमा उठाएका मिलन बिष्ट सबैभन्दा विवादमा परेका छन् । उनको त उम्मेदवारी नै खारेज हुने भएको छ । ओखलढुंगा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाममा र ओखलढुंगाबाटै होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । बिष्टविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको छ ।

    लिखु गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा बिष्ट बिरुद्ध उजुरी परेको छ । बिष्ट सरकारी कागजात कीर्तेमा पटक पटक जेल बसिसकेका पात्र हुन् । चेक अनादरका मुद्दा समेत उनका बिरुद्ध प्रहरीमा धेरै वटा रहेका छन् ।

    त्यसैगरी चम्पादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार खड्ग कार्कीको नाममा बेरुजु रहेकाले उनको उम्मेदवारी पनि संकटमा पर्ने भएको छ । उनी २०५४ सालमा साविक फुलबारी गाविसको अध्यक्ष हुँदाको बेरुजु फस्र्योट नगरेकाले उनको उम्मेदवारी पनि खारेज हुने भएको छ । कार्कीलाई पनि बालकृष्ण ढुंगेलकै सिफारिसमा उम्मेदवार बनाइएको हो ।

    त्यसैगरी चम्पादेवीकै वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार सुरेश थापा पनि विभिन्न काण्डमा परेका हुन् ।

    फौजदारी अभियोग लागेका ढुंगेल वडाध्यक्षका उम्मेदवार
    त्यसैगरी बालकृष्णकै सिफारिसमा लिखु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्षको उम्मेदवार बनाइएका केशवहरि ढुंगेलका बिरुद्ध पनि ज्यानसम्बन्धी मुद्दाको म्याद तामेल गरी उनलाई उपस्थित गराउन आदेश दिएकाले उनको उम्मेदवारी समेत बदर हुने देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले २०७८ फागुन ९ गते नेपाल सरकार वादी र केशवहरि ढुंगेल प्रतिवादी रहेको कर्तब्य ज्यान मुद्दामा प्रत्यर्थी झिकाउने गरी २०७५ जेठ ३ मा आदेश दिइसकेको छ ।

    सर्वोच्च अदालतको आदेशमा उल्लेख छ–‘यसमा पुनरावेदन अदालत राजबिराजको मिति २०७२ असार १८ गतेको फैसला उपर यसै लगाउमा रहेको पुस्कर गौतमबिरुद्ध नेपाल सरकार(०७२–सीआर–०२२६) भएको मुद्दामा प्रत्यर्थी झिकाउने गरी मिति २०७५ जेठ ३ मा आदेश भएको देखिएको र प्रस्तुत मुद्दा समेत सो मुद्दाको अन्तरप्रभावी देखिंदा साविक मुलुकी ऐन अ.बं.२०२ नं र हाल प्रचलित मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४०(३) को प्रयोजनार्थ निज प्रत्यर्थी प्रतिवादी केशवहरि ढुंगेललाई म्याद सूचना तामेल गरी म्यादमा उपस्थित भए वा अवधि ब्यतित भएपछि लगावका मुद्दा साथै राखी नियम अनुसार पेश गर्नू ।’

    लिखु गाउँपालिका ९ मा एमालेले उम्मेदवार फेर्दै अन्तिममा बालकृष्ण ढुंगेलले आफ्नै दाजुभाइ केशवहरिलाई उठाएका हुन् । सुरुमा सुकदेव तामाङलाई वडाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । सुकदेवका बिरुद्ध अख्तियारमा उजुरी परेकाले रेन्जी तामाङलाई उम्मेदवार बनाइयो ।

    उनलाई उम्मेदवार बनाएपछि अख्तियारको पत्र नै सार्वजनिक भयो । अन्तिममा बालकृष्ण ढुंगेलले आफ्नै बन्धु केशवहरिलाई दिएका छन् । जसका बिरु फौजदारी अभियोग लागेकाले उनको उम्मेदवारी नै खारेज हुने भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार