Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चुनावमा मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

    चुनावमा मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिइन् ।



    मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गरिन् ।



    उनले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार