Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रूपन्देही पुगेर ओलीले भने-२१ औं शताब्दीका जनता तर्साएर तर्सिदैनन्

    रूपन्देही पुगेर ओलीले भने-२१ औं शताब्दीका जनता तर्साएर तर्सिदैनन्

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २१ औं शताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् ।

    बुटवलमा एमालेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताए ।



    ‘गठबन्धन टिकोस् कि, गठबन्धन भीरबाट लडोस्, खोलामा बगोस्, जनतालाई के मतलब,’ उनले भने, ‘मेरो छोरीलाई भोट दिइएन भने दुर्घटना हुन्छ भनेर जनता तर्साइरहेका छन् । २१ औं शताब्दीका जनता तर्साएर तर्सिदैनन् ।’



    बुटवल उपमहानगरपालिकासहित रूपन्देहीका एमाले उम्मेदवारलाई मत माग्न बुटवल आएका उनले यस क्षेत्रमा भइरहेका सडक, अन्तर्राष्ट्रिय सभागृह, लुम्बिनीको सभाहल, बुटवल नारायणगढ सडक चौडा पार्ने काम, मेडिकल कलेजलगायत भइरहेका कामहरुको फेहरिस्त लगाएका थिए ।

    नेकपा माओवादी केन्द्र र कांग्रेसको आलोचनामा अधिकांश समय खर्चिएका अध्यक्ष ओलीले कांग्रेसले २७ वर्ष सरकारमा बस्दा ४२ वटा उद्योग बेचेर खानेबाहेक केही जनताले जान्ने, बुझ्ने र महसुस हुने गरी काम नगरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार