Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चितवनमा आपराधिक क्रियाकलाप बढ्दै

    कांग्रेस नेता कानको हत्या बिरोधमा चितवनका दुई चोकमा विहानै टायर बालियो

    कांग्रेस नेता कानको हत्या बिरोधमा चितवनका दुई चोकमा विहानै टायर बालियो

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.2K
    SHARES

    चितवन। निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् । अज्ञात समूहले हिजो साँझ ७ः३० बजे  भरतपुरमा एक युवाको छुरा प्रहार गरी हत्या गरेको छ  ।

    नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या भएको बिरोधमा भरतपुरका दुई चोकमा टायर बालिएको छ ।



    भरतपुर १२ निवासी कानको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिएका थिए।



    उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो ।

    परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । घटनाको बिरोधमा कांग्रेस कार्यकर्ताहरुले मिलनचोक र आस्था चोकमा टायर बालेका हुन ।  टायर बालेको क्षेत्रमा कोही देखिदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार