Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

    ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.6K
    SHARES

    एजेन्सी – चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

    ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवाननजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।



    सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिणपश्चिमी भागमा सञ्चालन गरिएका छन् ।



    १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार