Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेले नभएका कुरा प्रचार गर्‍याे : कांग्रेस प्रवक्ता महत

    एमालेले नभएका कुरा प्रचार गर्‍याे : कांग्रेस प्रवक्ता महत

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 945
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेले नभएका कुरा प्रचार गरेकाे बताएका छन् ।

    कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटो आरोप लगाएको बताए।



    महतले एमालेले नभएको कुरालाई पनि प्रचार गर्ने गरेको आरोप लगाउँदै एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गरे ।



    ०७२ सालको भूकम्पमा कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे । कोभिड–१९ को व्यवस्थापनमा पनि कांग्रेस नै अघि भएको उनले बताए ।

    प्रवक्ता महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी समेत गरे ।

    यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाएका थिए। जसको खण्डन गर्दै महतले झुटको पुलिन्दा भएको बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार