Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमालेका उम्मेदवारको घरमै गएर कांग्रेस कार्यकर्ताले गरे खुकुरी प्रहार

    एमालेका उम्मेदवारको घरमै गएर कांग्रेस कार्यकर्ताले गरे खुकुरी प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.7K
    SHARES

    कांग्रेसका कार्यकर्ताले हानेको खुकुरी लागेर घाइते भएका विन्तिराम चौधरी ।

    काठमाडौं । कैलालीमा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । कैलालीको गोदावरी नगरपालिका–६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली कांग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् ।

    बुधबार राति गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर मदिराले लठ्ठिएर आएका १४/१५ जनाको कांग्रेसका कार्यकर्ताहरुले समूहले आक्रमण गरेका हुन् ।



    खुकुरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् ।



    खुकुरी प्रहारबाट उम्मेदवारका भाइ विन्तीराम चौधरी सबैभन्दा बढी घाइते भएका छन् । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ ।

    यस्तै, उम्मेदारका भतिजा रविन चौधरीको पनि कान्छी औंला काटिएको छ ।

    उम्मेदवारको घरमै पसेर खुकुरी प्रहार गरेपछि नेकपा एमालेका केन्द्रीय सचिव एवम सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, पोलिटब्यूरो सदस्य तथा कैलाली ईञ्चार्ज नारदमुनी राना, प्रदेश सचिव धर्मराज पाठक, मेयरका उम्मेदवार गोकर्ण भट्टसहितको टोलीले घाइतेलाई अस्पतालमै पुगेर भेटेका छन् । उनीहरु घाइतेको घर पनि गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार