Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गढीमाई, आठबीस र खार्पुनाथमा झडप, ३० जना भन्दा बढी घाइते, मोटरसाइकलमा आगजनी

    गढीमाई, आठबीस र खार्पुनाथमा झडप, ३० जना भन्दा बढी घाइते, मोटरसाइकलमा आगजनी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । रौतहटको गढीमाई नगरपालिका, हुम्लाको खार्पुनाथमा गाउँपालिका र दैलेखकाे आठबीस नगरपालिकामा झडप भएको छ । झडपका कारण ३० जनाभन्दा बढी घाइते भएका छन् ।

    गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्र, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका मावि मतदान केन्द्र र आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको हो ।



    खरिदी प्रावि मतदान केन्द्रमा उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।



    त्यस्तै इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि खर्पुनाथमा कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।

    उम्मेदवारको मोटरसाइकलमा आगजनी
    रौतहटको गढीमाई नगरपालिका–६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप
    दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच झडप भएको हो ।

    काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।

    काँग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार