Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानव अधिकार आयोगको निष्कर्ष

    निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानव अधिकार आयोगको निष्कर्ष

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको बताएका हुन् ।

    उनले भने–‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ । जेष्ठ नागरिक, किरियापुत्री, सुत्केरी, बिरामी, महिला, अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोर्खालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल पर भएकाले अघिल्लो दिन हिँडेरसमेत मतदान गर्न केन्द्रमा पुगेको पाइएको छ ।’



    आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो । आयोग अध्यक्ष मगरका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन भएको पनि उनले जानकारी गराए ।



    सप्तरी, काभ्रे, अछाम, कपिलवस्तु, दाङ जिल्लाको विभिन्न मतदान केन्द्रमा मतदान स्थगित गरिएको र बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रे, सप्तरी, सर्लाही, रौतहट, धनुषा,महोत्तरीसहितका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार