Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दाङको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी विजयी

    दाङको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 993
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले शानदार जित निकालेको छ । सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै एमालेका पोलिटब्युरो सदस्य नरूलाल चौधरी मेयरमा निर्वाचित भएका हुन् ।

    उनले ३१ हजार ७२८ मत प्राप्त गरे । यहाँ सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मा पोखरेल पराजित भए । उनले २६ हजार ३६८ मत प्राप्त गरे ।



    चौधरीले ५ हजार ४०२ बढी मत प्राप्त गरि विजयी भए । यस्तै उपमेयर पनि एमालेले जितेको छ। एमाले उम्मेदवार हुमाकुमारी डिसी उपमेयर निर्वाचित भएकी छिन्।



    उनले ३०४०३ मत प्राप्त गरिन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्री जम्मा ४९ मतान्तरले पराजित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार