Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नरेश र टीकाको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’ सार्वजनिक (भिडियोसहित)

    नरेश र टीकाको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’ सार्वजनिक (भिडियोसहित)

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । गायक नरेश बुढाथोकी र गायिका टीका प्रसाईको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’ बोलको गीत बजारमा आएको छ ।

    राहुल शाह र मलिका महतले अभिनय गरेको उक्त भिडियोको निर्देशन पनि शाहले नै गरेका छन् ।



    मनोज बस्नेत र एटके एभरेष्ट मोसन पिक्चर्स तथा भाइब एण्ड वेभसँगको सहकार्यमा बजारमा आएको उक्त गीतको शब्द लोकप्रिय सर्जक एकनारायण भण्डारीको रहेको छ ।



    त्यस्तै राग स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत कुशल गौतमले रेकर्ड गरेका हुन् भने मेकअप अनिता ग्वाछाको रहेको छ ।

    उक्त भिडियोको सम्पादन पवन सुस्लिङले गरेका छन् । यसअघि ‘कान्छी हो कान्छी’गीतमा स्वर दिएका बुढाथोकीले अब आउन लागेको गीत फरक किसिमको भएको बताएका छन् ।

    बुढाथोकीले गाएको कान्छी हो कान्छीमा गायिका अञ्जु पन्तले पनि साथ दिएकी थिइन् ।

    नेपाल आइडल सिजन–४ का अडिसन राउण्डमा प्रि–जजको भूमिका निर्वाह गरिसकेका बुढाथोकी लामो समयदेखि संगीत साधनामा सक्रिय छन् ।

    पछिल्लो समय लोकप्रियता कमाईरहेका बुढाथोकीले निकट भविष्यमा पनि अन्य गीतहरु ल्याउने तयारीमा रहेको पनि जनाएका छन् ।

    यस्तो छ बुढाथोकीको नयाँ गीत

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार