Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काभ्रेका एमालेका जनप्रतिनिधिले गरे शपथ ग्रहण बहिष्कार

    काभ्रेका एमालेका जनप्रतिनिधिले गरे शपथ ग्रहण बहिष्कार

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

    नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेका हुन् ।



    १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।



    स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी थिइन् ।

    नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार