Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानीय निर्वाचन : ७ सय १४ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    स्थानीय निर्वाचन : ७ सय १४ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म सात सयभन्दा बढी पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार जारी मतगणनामा ७ सय १४ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।



    जसअनुसार नेपाली काँग्रेसले ३ सय १४, नेकपा एमालेले १ सय ९२, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५८, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।



    त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९१, नेकपा एमालेले २ सय १७, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ४८ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अझै पनि विभिन्न स्थानीय तहमा मत गणनाको कार्य जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार