Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जनकपुरधामको मेयरमा स्वतन्त्र उमेदवार मनोजकुमार साह विजयी

    जनकपुरधामको मेयरमा स्वतन्त्र उमेदवार मनोजकुमार साह विजयी

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार मनोज कुमार साह विजयी भएका छन ।

    स्वतन्त्र उमेदवार मनोजले १३ हजार ४६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।



    उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार मनोज चौधरीले ५ हजार ३६० मत पाए ।



    गठबन्धनबाट नगरप्रमुख पदमा उमेदवारी दिएका जनता समाजवादी पार्टीका लालकिशोर साहले ५ हजार १२४ मत मात्रै ल्याए ।

    त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत ल्याउँदै उपप्रमुखमा निर्वाचित भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार