Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोखरा- कांग्रेसले पनि गर्यो पुन:मतगणनाको माग

    पोखरा- कांग्रेसले पनि गर्यो पुन:मतगणनाको माग

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसले पनि दुई वडामा पुनःमतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।

    कांग्रेसले वडा १ र १७ मा पुनस्मतगणनाको माग गर्दै निवेदन बुझाएको हो । उक्त वडाको नतिजा आफ्नो प्रतिकूल हुने गरी सुनाइएको र केही मत गायब पारिएको जानकारी प्राप्त भएकोले पुनस्मतगणना गर्नुपर्ने कांग्रेस उम्मेदवारले बुझाएको निवेदनमा उल्लेख छ ।



    दुई वडामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । यसअघि एमालेले वडा १८ र ३१ मा पुनस्मतगणनाको माग गर्दै निवेदन दिएपछि बाँकी वडाको मतगणना स्थगित छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार