Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत सरकारको अनुदानमा पोखराको आर्वा विद्यालय भवनको उद्घाटन

    भारत सरकारको अनुदानमा पोखराको आर्वा विद्यालय भवनको उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत  नामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरे ।

    ‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो ।



    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।



    सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार