Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेनमाथि बन्यो गीत : स्याबास बालेन स्याबास

    बालेनमाथि बन्यो गीत : स्याबास बालेन स्याबास

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेला मार्फत गीत र भिडियो सार्वजनिक गरेका हुन् ।

    गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।



    उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित मिल्ने र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने उनले जनाए ।



    ‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने– जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा’, नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार