Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बालबालिकालाई कोरोना विरुद्ध फाइजर खोप दिने सरकारको तयारी

    बालबालिकालाई कोरोना विरुद्ध फाइजर खोप दिने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ। पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई सरकारले कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए ।



    चरणबद्ध रुपमा खोप आउने भएपनि सबै बालबालिकालाई खोप लगाउने तयारी भैरहेको उनले जानकारी दिए । बालबालिकालाई कसरी खोप लगाउने भन्ने विषयमा ५६ जिल्लाका स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन भइरहेको समेत उनले जानकारी दिए । फाइजर खोप लगाइसकिएका २१ जिल्लामा भने पहिलै नै तालिम सम्पन्न भैसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार